दार्चुला । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री गणेशसिह ठगुन्ना नयाँ वर्ष २०८१ शुभकामना आदान प्रदानको लागि गाउँ पुगेका छन् । पूर्वमन्त्री ठगुन्नाले विषुको शुभकामना दिन गाउँ पुगेका हुन् ।
शुभकामना आदानप्रदानमा उनले जिल्लामा भइरहेको विकास निर्माणबारे जानकारी गराएका थिए । खासगरी विद्युतिकरण छुटेका ठाउँमा विद्युत पु¥याउने गरी काम अघि बढेको बताएका छन् ।
विषुको बेला गाउँमा मान्छे धेरै हुने भएको बेला उनी गाउँ पुगेका हुन् । शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामी, मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामी, एमाले प्रदेश कमिटी सदस्यहरु लगायत स्थानीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।


शुभकामना आदानप्रदान गर्न पूर्वमन्त्री ठगुन्ना गाउँमा




