चरेश सहित दुई जना पक्राउ

दार्चुला । दार्चुलामा चरेशसहित दुई जना पक्राउ परेका छन् । महाकाली नगरपालिका वडा नम्बर १  श्रीवगरबाट २ किलाे ७ सय ग्राम चरेशसहित दुई जना  पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहका अनुसार व्याँस गाउपालिकाे सुन्सेराबाट  सदमुकाम खलंगातर्फ आइरहेकाे सु प प्र ०२००१ त १३१० नम्बरको  ट्याक्टरमा  विशेष सूचनाकाे आधारमा ट्याक्टर चालक कृष्णपुर नगरपालिका वडा नम्बर ३ बस्ने हर्कलाल राना र व्यास गाउपालिका वडा नम्बर ४ बस्ने जयलाल कुवरलाई पक्राउ गरिएकाे हाे ।  प्रहरीले  विशेष सुराकिकाे आधारमा चेेकजाच गर्दा उक्त चरेश बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ ।

सम्बन्धित समाचार

ताजा समाचार