दार्चला । महाकालीनगरपालिकाले बजार क्षेत्रमा अनाधिकृत रुपमा सडक पेटि कब्जा गरी राखेका समान बरामद गरि नष्ट गरेको छ । नगर प्रहरीले बजार क्षेत्रबाट विभिन्न समयमा समान बरामद गरि सरोकारवालाको रहोबरमा नष्ट गरेको हो ।
नगरपालिकाले १५ दिनको सूचना जारी गरेर सडक पेटि कब्जा गरि राखेका समान हटाउन व्यवसायीलाई आग्रह समेत गरेको छ । पटकपटक नगर प्रहरीको आग्रहलाई वेवास्तागर्दै आएका व्यवसायीको समान बरामद गरिएको नगरपालिकाले जनाएको छ ।
महाकाली नगरपालिका, जिल्ला प्रहरी कार्यालय दार्चुला र पत्रकारहरुको रहोवरमा बरामद गरिएको समान नष्ट गरिएको महाकाली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीयअधिकृत नरसिह बडालले जानकारी दिए । नगरपालिकाले बरामद गरिएका सडेर जाने बस्तु मात्रै नष्ट गरिएको जनायो ।
नगर प्रहरीले महाकालीनगरपालिकाको वडा नम्बर ४ र ५ का बजार क्षेत्रबाट समान बरामद गरेको थियो । नगरपालिकाले आगामी दिनमासमेत बजार क्षेत्रमा अनाधिकृत सडक पेटी कब्जा गरेमा निरन्तर अनुगमन गरि समान बरामद गरिने जनाएको छ ।


नगर प्रहरीको एक्सन ः सडक पेटिमा राखिएका समान बरामद गरि नष्ट




