भीरबाट लडेर वडा सचिवको मृत्यु

मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ का कार्यबाहक वडा सचिव गंगा राम लुहारको भीरबाट लडेर मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका केन्द्र शंकरपुरबाट बिहीबार घर फर्किने क्रममा उनको भीरबाट लडेर मृत्यु भएको हो ।
तालिमको सिलसिलामा पस्ती आएका लुहार घर फर्किने क्रममा डाडाकोटमा मृत फेला परेको वडा अध्यक्ष मदन बहादुर चन्दले जानकारी दिए ।
अहिले घट्ना स्थलमा नेपाल प्रहरीको टोलीपुगेको छ । प्रहरीले घट्ना स्थल मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचनाअधिकारी ज्ञानेन्द्र बहादुर सिंहले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार