च्याउँ खेतीलाई व्यवसायिक बनाऔं उपप्रमुख विष्ट

महाकाली नगरपालिका–२ मैखोलीमा च्याउँ खेति तालिमको उद्घाटन गरिएको छ । महाकाली नगरपालिका उपप्रमुख दुर्गा कुमारी खत्री विष्टले कार्यक्रमको उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रममा बोल्दै विष्टले भनिन् ‘किसान आत्मनिर्भर बन्न च्याउँ खेतीलाई व्यवसायिक बनाउनुपर्छ ।’ व्यवसायिक खेतीले मात्रै आत्मनिर्भर बनाउने भन्दै किसानलाई सहयोग गर्न नगरपालिका तयार रहेको छ उनले भनिन् ।
चैत १४ गते देखि शुरु भएको तालिम चैत १८ गतेसम्म सञ्चालन हुने छ । महाकाली नगरपालिका उद्यम विकास शाखाले च्याउँ खेति सम्बन्धी पुर्नताजगी तालिमको आयोजना गरेको हो । तालिममा १० जनाको सहभागिता रहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार