दार्चुला । मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी आगजानीमा संग्लन रहेको आरोपमा पक्राउ परेका छन् । प्रहरीले उनलाई सदरमुकाम खलंगाबाटै नियन्त्रणमा लिइएको हो ।
फागुन २४ राति आगजनी र ढुंगामुढा भएको भन्दै उनले फागुन २५ गते इलाका प्रहरी कार्यालय लटिनाथमा जानकारी गराएका थिए । आगजनी बारे उनले मुख खोलेका थिएन् । प्रहरीको अनुसन्धानको क्रममा प्रमुख प्रशासकीय अधिकृत आफैले आगजनी गरेको प्रमाण फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
पक्राउ गरिएका अधिकारीविरुद्ध सोमबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान थालिएको छ । उनीविरुद्ध अपराधिक उपद्र गर्न नहुने मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
आगजनीको घटनालगत्तै निजामति कर्मचारी संगठनहरु र कतिपय सरोकारवालाहरुले तत्काल छानविन र दोषिमाथि कारवाहीको माग गर्दै विज्ञप्ति निकालेका थिए । कर्मचारी संगठनहरुका जिल्ला स्तरीय समितिका साथै केन्द्रीय समितिहरुले समेत घटनाबारे चासो र चिन्ता राखेका थिए ।
स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमाथिको घटनालाई सबैतिर गम्भीर रुपमा हेरिएपछि सुदूरपश्चिमका वरिष्ठ प्रहरी उपरीक्षक दिल्लीराज विष्ट नेतृत्वको टोलीले फागुन २६ गते मार्मा गाँउपालिका केन्द्र लटिनाथ पुगेर स्थलगत निरीक्षण समेत गरेका थिए ।
यस्तै घटना लगत्तै जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारी नेतृत्वको टोली अनुसन्धानमा खटिएको थियो ।
गोरखा जिल्ला गण्डकी गाउँपालिका–१ घर भई हाल काठमाण्डौं जिल्लाको नागार्जुन नगरपालिका–१ रानीवनमा बसोवास गर्दै आएका अधिकारी २०८० भदौंदेखि मार्मा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए २७ वर्षिय अधिकारीले घट्ना आफैले किने गरे भन्ने प्रहरीले खुलाएको छैन् ।
आगजानीको सन्दर्भमा स्थानीय तहकै जनप्रतिनिधिले समेत अधिकारीविरुद्ध किटानी जोहरी दिएका थिए ।


मार्माका प्रशासकीय अधिकारी प्रहरी खोरमा




