नेकपा एमालेले ९ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । फागुन ७ गते लेकम गाउँपालिकाबाट सुरु भएको अधिवेशन मंगलबार महाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिकामा गरेर सम्पन्न भएको छ ।

एमाले जिल्ला कमिटीको नयाँ नेतृत्व आएसँगै सबै स्थानीय तहमा पालिका अधिवेशन गरिएको हो । पालिका अधिवेशन अन्तर्गत अपिहिमाल गाउँपालिकामा धर्मानन्द मन्याल, मार्मा गाउँपालिकामा पुष्करसिह विष्ट, शैल्यशिखर नगरपालिकामा रणबहादुर खत्री, नौगाड गाउँपालिकामा ललित सिह ठगुन्ना अध्यक्ष चुनिएका छन् ।

यस्तै लेकम गाउँपालिकामा पुष्पराज जोशी, मालिकार्जुन गाउँपालिकामा चक्रसिह धामी, दुहुँ गाउँपालिकामा उदयसिह बडाल, व्याँस गाउँपालिकामा निर्मला धामी र महाकाली नगरपालिकामा खडकसिह महरा अध्यक्ष चुनिएका छन् ।

९ वटा स्थानीय तहमध्ये व्याँस गाउँपालिकाको नेतृत्व पहिलो पटक महिलाले पाएको छ । यस्तै नेकपा एमालेका जिल्ला कमिटी उपाध्यक्ष रहि सकेका उदयसिह बडाल तथा एमाले जिल्ला कमिटी सचिवालय सदस्य रहि सकेका धर्मानन्द मन्यालले पालिकाको नेतृत्व सम्हालेका छन् ।
यसैबीच नेकपा एमालेले लेकम गाउँपालिकाका सबै वडामा मंगलबार वडा कमिटी समेत चयन गरेको छ। एमालेले चैतभित्र जिल्लाभरीका ६३ वटै वडामा कमिटी चयन गरिसक्ने योजना रहेको एमाले जिल्ला कमिटी सचिव उमेशराज जोशीले जानकारी दिनुभयो ।