लामो समयपछि हिउँदे बर्षा,किसानहरुलाई राहत

दार्चुला । यो बर्ष लामो समयपछि हिउँदे बर्षा भएको छ । दार्चुलासहित सुदूरपश्चिमका जिल्लाहरुमा बुधबार रातिदेखि हिउँदे बर्षा भएको हो । गएको असोजदेखि बर्षा नहुँदा बालीनाली हुर्कन निकै समस्या भएको थियो । सिँचाइ सुविधा नभएका ठाउँमा गहुँबाली लगायतका हिउँदेबालीहरु सुकेका थिए ।

लामो समयपछि भएको हिउँदे बर्षाले बालीनालीमा फाइदा पुर्याएको स्थानीय विक्रम कृषक ठगुन्नाले बताए । यो बर्षाले गहुँबाली, तरकारी बाली र फलफूलका बिरुवाहरु हुर्कन सहयोग पुग्ने उनले बताए । उनले भने ‘लामो समयपछि भएको हिउँदे बर्षाले सिँचाइको काम गरेको छ । यो बर्षा हिउँदेबालीका लागि निकै लाभदायक छ ।’बर्षा र हिमपातले चिसो बढ्न थालेको छ । चिसोको समयमा बालबालिका र वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार