काठमाण्डौ । सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको हिजो बेलुका बसेको बैठकले भाउ बढाउने निर्णय गरेको हो । पेट्रोलमा लिटरको ४ रुपैयाँले तथा डिजेल र मट्टितेलमा लिटरको २ रुपैयाँले भाउ बढेको छ ।
यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर १५ रुपैयाँले भाउ बढेको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार फरकफरक हुनेछ । यसका लागि निगमले ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ ।
पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र बीरगञ्ज क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६७ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ १५५ रूपैयाँ ५० पैसा पर्नेछ ।
दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ लिटरको १६९ रूपैयाँ तथा डिजेल र मट्टीतेलको लिटरको १५७ रूपैयाँ पर्नेछ । तेस्रो वर्गमा पर्ने काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७० रूपैयाँ तथा डिजेल र मट्टीतेलको लिटरको १५८ रूपैयाँ पर्नेछ ।
खाना पकाउने ग्यासको भाउ भने देशभर एक सिलिण्डरको १ हजार ९ सय १० रूपैयाँ पर्ने निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन ९आइओसी० ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।