अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले चालु आर्थिक वर्षको हाल सम्म १ करोड भन्दा बढि राजस्व संकलन

अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले चालु आर्थिक वर्षको हाल सम्म १ करोड भन्दा बढि रुपैयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८०÷८१को साउन देखि मंसिर २४ गते सम्म विभिन्न शिर्षकमा राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सुचना अधिकारी इन्द्र सिह नगारीका अनुसार वन क्षेत्र, यार्सागुम्बा, दण्ड जरिवाना, पदयात्रा र पर्वतारोहण शुल्क, प्रशासनिक सेवा शुल्क लगायतका क्षेत्रबाट राजस्व संकलन गरेको बताएका छन ।

चालु आर्थिक वर्षको हाल सम्म विभिन्न शिर्षकबाट १ करोड ७९ लाख १२ हजार ८८४ रुपैयाँ राजस्व संकलन गरिएको छ । कार्यालयले सबैभन्दा बढि बनक्षेत्रको रोयल्टीबाट १ करोड ७८ लाख ६१ हजार ३५ रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै पर्यटन शुल्कबाट ८ हजार ८४९ रुपैया तथा बरेजुबाट ३३ हजार रुपैयाँ राजस्व संकलन गरिएको सुचना अधिकारी नगारीले बताउनु भयो ।

आर्थिक वर्ष ०६७÷०६८ सालमा स्थापना भएको कार्यालयले बेला बेला कार्यालयले गरेका कामहरु तथा राजस्व संकलनका बारेमा सरोकारवालाहरुलाई जानकारी गराउदैँ आएको छ । जिल्लामा अहिले सम्म ५ जना विदेशी पर्यटकहरुले भम्रण समेत गरेको बताइएको छ । ४ जना पुरुष र १ जना महिला सहित ५ जना पर्यटकहरु दार्चुला पुगेर फर्किएको सुचना अधिकारी नगारीहले जानकारी दिनु भयो ।

जसमध्ये २ जना सयुतm राज्यअमेरिका, २ जना जपान तथा १ जना जर्मनका नागरीकहरुले दार्चुला जिल्लाका पर्यटकीय स्थलहरुको भम्रण गरी फकिर्एको उहाँले बताउनु भयो । विदेशी पर्यटकहरुबाट ८हजार ८४९ रुपैयाँ राजस्व संकलन भएको छ । उनीहरुले अपि हिमालको अपिबेशक्याम्प लगायतका पर्यटकिय स्थलहरुको भम्रण गरेको बताइएको छ ।

च्

सम्बन्धित समाचार

ताजा समाचार