बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयो

अछाम । अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । हिजो बेलुका बँदेलले आक्रमण गर्दा अछामको तुर्माखाँद गाउँपालिका ३ की २६ वर्षीया दिला बयकको ज्यान गएको हो । मास गोडेर घर फर्कने क्रममा उहाँलाई बँदेलले आक्रमण गरेको स्थानीय धनबहादुर बुढाले जानकारी दिनुभयो । दिलाको अस्पताल लैजाने क्रममा ज्यान गएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार