काठमाडौ । सुठौली भन्सार कार्यालयले भारत बाट आयात हुने समान एक सय रुपैया भन्दा बढीको समानमा भन्सार तिरेर मात्र नेपाल प्रवेश गर्ने भएको छ । नेपाल सरकारद्धारा २०८० जेठ १५ गते राजपत्रमा प्रकाशित यात्रुले आफ्नो समान ल्याउन र लैजान पाउने निजि प्रयोग भइरहेका समान हरुमा भारत बाट नेपाल प्रवेश यात्रुले समान लिन एक सय रुपैयाको भन्सार तिर्नु पर्ने सुठौली भन्सार कार्यालयले जनाएको छ । एक सय भन्दा बढी मुल्य भएको मालसमाहरुको सुठौली भन्सार कार्यालयको यात्रु शाखामा अनिवार्य रुपमा जचपास गराए मात्र लैजानु पर्ने भन्सार कार्यालयले जनाएको छ । उक्त समान भन्सार कार्यालय बाट लगेको पाइएमा भन्सार ऐन २०६४ बमोजिनको चोरी पैठारी कसुरमा कारवाही गरिने सूचना मार्फत जनाएको छ ।