विद्यालयमै योग सिकाइदै

दार्चुलाको मालिकार्जुन गाउँपालिकाले माध्यमिक तहका विद्यार्थीहरूलाई लक्षित गरेर विद्यालयमै पढाई सँगै योग अभ्यास गराउन थालेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० सालको आफ्नो नीति तथा कार्यक्रममा नै विद्यार्थीहरूलाई योगाभ्यास गराउने भनि उल्लेख गरे अनुसार पालिका भित्र रहेका ११ वटै माध्यमिक विद्यालयहरूमा पढाईका साथै योग समेत सिकाउन थालेको हो ।
विद्यार्थीलाई योग र ध्यानका माध्यमबाट पढाईमा समेत टेवा पुग्ने हुँदा योग अनिवार्य गरिएको गाउँपालिका अध्यक्ष हिरासिह धामीले जानकारी दिए । योग सिकाउन योग शिक्षकको व्यवस्थापन गरिएको छ ।
स्वस्थ्य शरीर र स्वस्थ्य मष्तिष्क विकासमा समेत सहयोग पुग्ने उद्देश्यका साथ गाउँपालिकाले माध्यमिक तहका विद्यार्थीलाई योग सिकाउन थालेको गाउँपालिका आयुर्वेद शाखाका वैद्य निरिक्षक दिवाकर जोशीले जानकारी दिए ।
शुरूमा दुईवटा समुह बनाएर प्रत्येक माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई पाच कार्यदिनको आधारमा योग अभ्यासलाई सिकाउने र पछि यसलाई कार्यदिन बढाउने साथै आधारभूत तहका विद्यार्थीहरूलाई समेत समेटेर योग अभ्यासलाई निरन्तता दिने गाउँपालिकाको नीति रहेको गाउँपालिकाका योग प्रशिक्षक नरेशसिंह धामीले बताए ।
योगले विद्यार्थीहरूलाई किशोरावस्थामा विभिन्न कुलतबाट जोगाउने , ध्यान गर्ने बानीको विकास हुने , पढाईमा ध्यान केन्द्रित हुने ,गलत बिचारमा शुन्यता आउने र आध्यात्मिक चिन्तनको विकासमा समेत महत्वपूर्ण योगदान पु¥याउनेमा आफु विश्वस्त रहेको कुरा प्रशिक्षक धामीले बताएका छन ।
मालिकार्जुन गाउँपालिकाले आफ्नो पहिलो चरणको कार्यक्रम अन्तर्गत केहि विद्यालयका विद्यार्थीहरूलाई गत बर्षको चैत्र सम्म योगाभ्यास सम्बन्धी प्रशिक्षण दिएको र बाकी विद्यार्थीहरूलाई हाल सिकाईरहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार