कञ्चनपुरमा करिब तीन लाख मुल्य बराबरका अवैध सामान बरामद

कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले झण्डै तीन लाख मुल्य बराबरका अवैध सामान बरामद गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–४ चमनचोकबाट आज विहान भन्सार छलीका सामान बरामद गरिएको हो। प्रहरी टोलीले बिशेष सुराकीको आधारमा विभिन्न किसिमका हेडफोनहरु, स्मार्ट घडी, एरफोन, वारलेस माईक, चिनी, बिडी, तेल र एक थान साईकल समेत बरामद गरेको छ। करिब दुई लाख ८४ हजार हजार दुईसय ३० मुल्य बराबरका अवैध समान प्रहरीले बरामद गरेको हो।
भन्साल छलीमा संलग्न एक जना व्यक्तिलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। बरामद गरिएका सामानसहित ती व्यक्तिलाई भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ।

सम्बन्धित समाचार

ताजा समाचार